‘आयोजनाको काम केही समय भित्र अघि बढ्छ’


जेठ २१, दैलेख
दैलेखको राकमकर्णालीमा बन्न लागेको नयाँ सहर आयोजनाको काम केही समय भित्र अगाडि बढ्ने बताइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले आयोजना निर्माणका लागि जग्गाको काम ९० प्रतिशत सकिएकाले निर्माण कार्य केहि समय भित्र शुरुहुने बताए ।
केहि कानुनी अड्चनका कारण आयोजना निर्माण स्थलको जग्गा बिवाद समाधान हुन नसकेकाले निर्माणको कार्यमा ढिलाई भएको उनको भनाई छ । नगरविकास समितिले पूर्णता पाए पछि आयोजना जग्गा विवाद समाधान तर्फ लागेको शाहीले बताए ।
‘समितिले पूर्णता पाए पछि सम्बन्धित निकायका प्रतिनिधिहरुलाई राखेर जग्गा विवाद समस्या समाधानका लागि निर्णय गरेका छौँ, नापी विभाग र कन्सल्टेन्सीले बनाएको नक्सा प्राणीकरण गरेर सम्बन्धी निकाएमा पठाएका छौँ, मन्त्री परिषद्मा गए पछि आयोजना निर्माणको काम अघि बढ्छ’, अधिकृत शाहीले भने ।
आठविस नगरपालिकाले पर्यटन विकासमा काम गर्दै आएको अधिकृत शाहीको भनाई छ । रारा ताल जाने पर्यटकलाई दुई दिन आठविसमा रोक्न सकेको खण्डमा यहाँको आर्थिक विकासमा टेवा पुग्ने र नगरपालिका पर्यटन विकासमा गरी अघि बढेको शाहीले बताए ।
पर्यटन विकासका लागि केहि निति बनाएका छौँ, यसपछि वस्ने कार्यपालिकामा नीति बनाएर आठविसलाई पर्यटन हव बनाउँने योजना रहेको बताइएको छ । ‘आठविसमा धार्मिक पर्यटकीय स्थल देखि सहरी विकास आयोजना अन्तर्गत मनोरञ्जन पार्कको निर्माण कार्य भैरहेको छ, कर्णाली नदिमा ¥याफ्टिङ्ग सञ्चालनमा छ, यहाँ आउँने पर्यटकलाई मनोरञ्जनका लागि धेरै कामहरु अघि बढेका छन’्, प्रमुख प्रशासकीय अधिकृत शाहीले भने ।
विगतका दिनहरुमा भन्दा आठविस नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुँदै गएको जनाइएको छ । आठविसमा धार्मिक तथा ऐतिहासिक महत्वका धेरै पर्यटकीय स्थलहरु भएकाले रारा जाने पर्यटकको आर्कष बढ्दै गएको शाहीले बताए ।
यस्तै, वातावरणीय प्रभावबाट सजकका लागि हरियाली आठविस नीतिलाई अगाडि बढाउन लागिएको शाहीको भनाई छ । उनले भने, ‘उक्त कामका लागि गुरु योजना बनाउँने कामलाई अघि सारेका छौँ, बाझोे जमिनमा तरकारी, उत्पादन मुखि विरुवा रोपेर हरियाली आठविस बनाउँछौँ’,
प्रमुख प्रशासकीय अधिकृत शाहीले आठविस नगरपालिकाले यो वर्ष ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको बताए । ‘गत वर्ष २५ लाख जति राजस्व उठेकोमा यस वर्ष ७५ लाख उठाउँने लक्ष्य राखेका छौँ, आठविस नगरपालिकालाई कर्णालीका सबै नगरपालिका मध्ये समृद्धि बनाउने धेरै आधार छन’्, प्रमुख प्रशासकीय अधिकृत शाहीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार